Logo

एपीएफ दोस्रो जितको खोजीमा, पुलिसलाई लुम्बिनीको चुनौती

ई-खेलकुद २०७७ माघ ८ , बिहीबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आजपनि दुई खेल हुदैछन् । आज विभागीय टोली एपीएफले गण्डकी प्रदेश तथा नेपाल पुलिसले लुम्बिनी प्रदेशसंग प्रतिस्पर्धा गर्नेछन् ।
समुह ए अन्तर्गत एपीएफ र गण्डकी प्रदेशबिचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । खेलमा दुबै टोली दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा प्रदेश एकलाई हराएको एपीएफ लगातार दोस्रो जित निकाल्ने योजनामा छ । यसअघिका दुई मध्ये एकमा जित र एक खेल गुमाएको गण्डकी पनि विभागीय टोलीलाई हराउदै अघिल्लो चरण प्रबेशको योजना कायमै राख्ने दाउमा छ ।
सोहि समय कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशसंग खेल्नेछ । समुह बी अन्तर्गगतका यी दुबै टोली प्रतियोगीतामा दोस्रो जित निकाल्ने योजनाका साथ एक अर्काबिरुद्ध मैदान उत्रनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?