Logo

एपीएफले कर्णालीलाई दियो २ सय १९ रनको लक्ष्य

ई-खेलकुद २०७७ माघ १० , शनिबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा विभागीय टोली नेपाल एपीएफले कर्णाली प्रदेशसामु २ सय १९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको एपीएफ एक बल अगावै २ सय १८ रनमा समेटिएको हो । कमजोर सुरुवात गरेको एपीएफको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए ।
सन्दिप जोराले सर्बाधिक ६० रन बनाएको एपीएफको ईनिङसमा अमरसिंह राउटेलाले ३१ र सुबास खकुरेलले २३ रन बनाए । भुवन कार्की र शंकर रानाले समान १५ र बसन्त रेग्मीले १४ रन बनाए । किशोर महत्तो १३ रनमा नटआउट रहे ।
कर्णालीका रबिन्द्र शाहि र अनुज चुनराले समान ३ तथा राज शाह र दिवान पुनले समान २ विकेट लिए ।
विभागीय टोली एपीएफ लगातार तेस्रो जितको खोजीमा आज मैदान उत्रिएको छ । विभागीय टोलीलाई हराउन सके कर्णालीको पनि सेमिफाईनल प्रबेशको गणितीय संभावना कायमै रहनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?