Logo

एपीएफद्धारा प्रदेश एकसामु २ सय ४४ रनको चुनौती

ई-खेलकुद २०७७ माघ ३ , शनिबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगीतामा एपीएफले प्रदेश एकसामु २ सय ४४ रनको चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदान टस जितेको प्रदेश एकले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको विभागीय टोली ४८ दशमलव ४ ओभरमा २ सय ४३ रनमा समेटिएपछि प्रदेश एकले मध्यम लक्ष्य पाएको हो ।
आसिफ शेखले अर्धशतक बनाएको ईनिङसमा मध्यक्रमका ब्याट्सम्यानले एपिएफको ईनिङस उकासेका थिए । शेखले ५९ रन जोडे । बसन्त रेग्मीले ४० र सन्दिप झोराले ३० रन बनाए । कप्तान शरद भेषावकरले २०, किशोर महत्तो र सुवास खकुरेलले समान १९ तथा सुमित महजनले १४ रन बनाए ।
प्रदेश एकका श्रबण यादव, फिर्दोस अन्सारी, दिपेश कडेल र हेमन्त राईले समान २ तथा सोनु मण्डल र जोसक खड्काले समान १ विकेट हात पारे ।
हिजोबाट सुरु भएको प्रतियोगीतामा ३ विभागीय र ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगीताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई फराकिलो अन्तरले हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?