Logo

एन्फा कार्यसमिति बैठक आज, आर्थिक हिनामिनाको प्रतिवेदन पेश हुँदै

ई-खेलकुद २०७८ माघ २० , बिहीबार १०:०२ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैठक बिहान साढे ११ बजे सुरु हुनेछ । यसअघि भर्चुअल रुपमा बैठक गर्ने भनिएपनि अनित्म समयमा भौतिक रुपमै बैठक बोलाईएको हो ।

उपाध्यक्षसहित केहि सदस्यले विरोध जनाएपछि एन्फा नेतृत्वले भौतिक रुपमा बैठक गर्न लागेको हो । बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ।

यस्तै वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनाको छानविन प्रतिवेदन उपाध्यक्ष बिर बहादुर खड्काले प्रस्तुत गर्ने तालिका रहेको बुझिएको छ । यसअघि पुस २२ गते बसेको कार्यसमिति बैठकले एन्फाको निर्वाचन अगि जेठको १५ गते गर्ने निर्णय गरेको थियो।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?