Logo

एनभीए राष्ट्रिय भलिबल चैतको तेस्रो साताबाट

ई-खेलकुद २०७७ फागुन १२ , बुधबार ०६:०२ मा प्रकाशित

काठमाण्डौ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको पाँचौ संस्करण चैतको तेस्रो साता हुने भएको छ । नेपाल भलिबल संघले काठमाण्डौमा चैत १९ देखी २६ गतेसम्म प्रतियोगीता गर्ने निर्णय गरेको हो । कोरोना माहामारीका कारण स्थगीत भएको प्रतियोगीता झण्डै १ बर्ष पछि गर्ने निर्णय संघले गरेको हो । काठमाण्डौमा आज बसेको भलिबल संघको कार्यकारी समितीको बैठकले यो प्रतियोगीताको मितीसंगै अन्य केहि निर्णय समेत गरेको छ ।
लिगमा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् । यहि प्रतियोगीताबाट चीनमा आयोजना हुने एसियन च्याम्पियनसिपको लागि महिला टोलीको छनोट गरिने संघले जनाएको छ । च्याम्पियनसिपको लागि महिला टिम को बन्द प्रशिक्षण वैशाखको दोस्रो साताबाट हुने संघले जनाएको छ ।
बैठकले महिला खेलाडीको छनोट गर्न निरोज मास्के संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । यस्तै महिला टिमको लागि विदेशी प्रशिक्षक ल्याउने निर्णय पनि आजको बैठकले गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?