Logo

एनएसएलमा धनगढी र ललितपुरको बराबरी

ई-खेलकुद २०७८ वैशाख १६ , बिहीबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको पछिल्लो खेल बराबरीमा सकिएको छ । आज भएको एक मात्र खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा धनगढीका ओलावाले आफिज र ललितपुरका रन्जन विष्टले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै टोलीले खेलको दोस्रो हाफमा गोल गरेका थिए ।
रोमान्चक खेलमा ललितपुरले पेनाल्टीसहित केहि राम्रा अवसर सृजना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । ४४ औं मिनेटमा पाएको पेनाल्टिको अवसरमा नुर्लानको जाहिद चुक्दा ललितपुर पहिलो हाफमा अग्रता बनाउन चुकेको थियो । नुर्लानको प्रहार धनगढीका गोलरक्षक किरण चेम्जोङले बचाएका थिए ।
खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेट लगत्तै रञ्जन विष्टले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा पुर्याए । रञ्जन सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
बराबरीसंगै धनगढी ३ खेलबाट ४ जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएको लुम्बिनी शीर्ष स्थानमा छ । दोस्रो बराबरीको नतिजा निकालेको ललितपुरको ३ खेलबाट २ अंक भएको छ । प्रतियोगीतामा भोली काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?