Logo

एनएसएलमा आज काठमाण्डौ र धनगढी भिड्दै

ई-खेलकुद २०७८ वैशाख १४ , मंगलबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी नेपाल सुपर लिग फुटबल एनएसएलमा आज एक मात्र खेल हुदैछ । प्रतियोगीताको पाँचौ खेलमा आज काठमाण्डौ रेजर्स र धनगढी एफसी प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेपछि सुरु हुनेछ । उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० ले हराएको काठमाण्डौ धनगढीलाई हराउदै तालिकामा अग्रता बनाउन चाहान्छ ।
पहिलो खेलमा विराटनगर सिटी एफसीसंग ३–० ले पराजित भएको धनगढी भने दोस्रो खेलमा पहिलो अंकको खोजीमा रहेको छ । काठमाण्डौ विकेश कुथु र धनगढी किरण चेम्जोङको कमानीमा रहेका टोली हुन् ।
यसअघि गएराती भएको खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?