Logo

एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते

ई-खेलकुद २०७७ माघ १३ , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । एनएनआईपीए स्पोर्टस अवार्डको १५ औ संस्करण आगामी फागुन ८ गते हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै अवार्डको मिती सार्बजनिक गरेको हो । संघले यस वर्ष मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा समारोह आयोजना गर्ने जनाएको छ ।
संघका अध्यक्ष दिपक श्रेष्ठले मध्यपुर ठिमी नगरपालिका स्थानीय आयोजकको रुपमा रहने जानकारी दिनुभयो । यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताईएको छ । गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । यस्तै, सर्वोकृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित सम्मानित हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?