Logo

एनआरटी र हिमालयन शेर्पाको बराबरी

ई-खेलकुद २०७८ फागुन १ , आईतबार ०३:०२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ । दशौं चरणको खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले केहि राम्रा अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । बल पोजिशनमा पकड बनाएपनि शेर्पाले फिनिसिङमा लय समाउन सकेन् ।

उसका केहि प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाएका थिए । बराबरीसँगै १० खेलबाट १४ अंकसहित एनआरटी सातौं र समान खेलबाट १२ अंक जोडेको शेर्पा आठौ स्थानमा छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?