Logo

एट्लेटिको मड्रिड सेल्टासंग बराबरीमा रोकियो

ई-खेलकुद २०७७ माघ २७ , मंगलबार ०७:०२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिडले, सेल्टा डि भिगोसंग दुई दुई गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा एट्लेटिको मड्रिड सेल्टासंग अंक बाँडेको हो । जारी लिगमा उसको यो तेस्रो बराबरी हो ।
खेलको १३ औ मिनेटमा मीना लोरेन्जोले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । ४५ औ मिनेटमा लुईस स्वारेजले घरेलु टोलीलाई बराबरीमा पुर्याए । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा ५० औ मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–१ को अग्रता दिलाए । मड्रिडलाई दबावमा राखेको सेल्टाले खेलको अन्तिम समयमा गोल गर्दै अंक खोसेको हो । फाकुण्डो फेरेराले गोल गर्दै टोलीको हार टारेका थिए ।
बराबरीका बाबजुत एट्लेटिको मड्रिड तालिकाको शीर्ष स्थानमा यथावत छ । २० खेलबाट एट्लेटिकोको ५१ अंक छ ।
सेल्टा भने २२ खेलबाट २६ अंक जोड्दै तालिकाको १० औ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?