Logo

एट्लेटिको मड्रिड, बिल्वाओसंग बराबरीमा रोकियो

ई-खेलकुद २०७७ जेठ ३२ , आईतबार ०८:०६ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओले बराबरी खेल्दै अंक बाँडेका छन् । आज भएको खेलमा दुबै टोलीले एक एकको बराबरी खेलेका हुन् । बिल्बाओले ३७ औ मिनेटमा ईकेर मुनियायिनको गोलमा अग्रता बनाएपनि उसको अग्रता लामो समय टिक्न सकेन् । त्यसको २ मिनेटपछि नै डिएगो कोष्टाले गोल गर्दै एट्लेटिको मड्रिडलाई एक एकको बराबरीमा पुर्याए ।
खेलमा ५५ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि बिल्वाओले पाएका थप अवसर खेर फालेको थियो । बराबरीसंगै मड्रिडको २८ खेलबाट ४६ अंक भएको छ । समान खेलबाट बिल्वाओले ३८ अंक छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?