Logo

एट्लेटिको मड्रिडको निराशाजनक बराबरी

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०८:०२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला–लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिड, लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शीर्ष टोली एट्लेटिको मड्रिडले लेभान्तेसंग निराशाजनक बराबरी खेलेको हो ।

खेलमा अग्रता भने १७ औ मिनेटमा ईनिस बर्धीको गोलमा घरेलु टोली लेभान्तेले बनाएको थियो । ३७ औँ मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा फर्काए ।

त्यसपछिको समय दुबै टोलीबाट थप गोल हुन नसक्दा सोहि नतिजा निर्णायक बन्यो । बराबरीसँगै शीर्ष स्थानको एट्लेटिको मड्रिडको २२ खेलबाट ५५ अङ्क भएको छ । लेभान्ते भने २८ अङ्कमा तालिकाको ११औँ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?