Logo

एटलेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ०८:११ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिड विजयी भएका छन् । हुएस्का र आईबरले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । बार्साले घरेलु मैदानमा रियल बेटिसलाई ५–२ गोलअन्तरले हराउदै बार्सा तालिकाको आठौ स्थानमा उक्लिएको छ । बार्सालाई सहज जित दिलाउन लियोनल मेस्सीले २ तथा ओस्माने डेम्बेले, एन्टोनियो ग्रीजमन र पेड्रि गोन्जालेजले एक एक गोल गरे ।
काडिजलाई ४–० ले हराएको एट्लेटिको मड्रिड तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
७ खेलबाट १७ अंक जोडेको मड्रिडले गोल अन्तरमा समान अंक भएको रियल सोसिडाडलाई पछि पारेको हो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन जाओ फेलिक्सले २ तथा लुईस स्वारेज र मार्कोस लोरेन्टले एक एक गोल गरे । ७ खेलबाट १७ अंक जोडेको एट्लेटिको मड्रिड जारी सिजन एक मात्र अपराजित टोलीका रुपमा रहेको छ ।
अर्को खेलमा सेभियाले ओसासुनालाई १–० ले पराजित गार्यो । यो जितले सेभियालाई तालिकाको ११ औ स्थानमा पुर्याएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?