Logo

एएफसी कपको प्लेअफमा आर्मीले श्रीलंकन पुलिससंग खेल्दै

ई-खेलकुद २०७७ चैत्र २५ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । एएफसी कप प्लेअफ २०२१ मा आज नेपालको त्रिभुवन आर्मीले श्रीलंकन पुलिस स्पोर्टस क्लबसंग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली जित निकाल्दै अर्को चरणमा स्थान बनाउने योजनामा रहेका छन् । आर्मी घरेलु मैदानमा सहज जित निकाल्दै भारतको बैङलुरु फुटबल क्लबसंगको भेट पक्का गर्न चाहान्छ । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पाहुना टोलीबिरुद्धको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रबेशको लक्ष्यमा आफुहरु रहेको बताउनुभयो । श्रीलंकाली टोली पनि घरेलु टोलीलाई हराउदै अर्को चरण पुग्ने लक्ष्यमा रहेको छ । आर्मीले एसीयाली फुटबल महासंघ एएफसीको लाईसेन्स पाएपछि पहिलो औपचारिक खेल खेल्न लागेको हो ।
आज जित निकाल्ने टोलीले अप्रिल १४ मा भारतीय क्लब बैङलुरुको सामना गर्नेछ । त्यसमा विजयी हुने टोलीले समुह डीबाट छनोट चरणमा स्थान बनाउनेछ । सो समुहमा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड क्रिएसन रहेका छन् । यो समुहको खेल मे १४ बाट सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?