Logo

उपाधि विजेता महिला भलिबल टोलीलाई सरकारले जनही ५ लाख दिने

ई-खेलकुद २०७८ पुस १४ , बुधबार ०७:१२ मा प्रकाशित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले विजेता टोलीका सदस्यलाई जनही ५ लाख रुपैयासहित सम्मान गर्ने निर्णय गरेको हो । प्रशिक्षकलाई तीन तीन र एक जना अफिसियललाई २ लाख रुपैया प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । बंगलादेशमा सम्पन्न प्रतियोगीतामा १२ खेलाडी २ प्रशिक्षक र एक अफिसियल गरी १५ जनाको टोली सहभागी थियो ।
लगातार दोस्रो पटक उपाधि उचाल्ने क्रममा उज्वेकिस्तानलाई ३–२ को सेटले हराउदै नेपाली महिला टोली च्याम्पियन भएको हो । उपाधि जितेसँगै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा अफिसियललाई सम्मान गर्ने प्रस्तव मन्त्रीपरिषदम राखेका थिए । जसलाई अआजको बैठकले अनुमोदन गरेको हो । उपाधि विजेता नेपाली टिम भोली स्वदेश फर्कने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?