Logo

उपाधि जित्न पुलिसलाई १ सय ५८ रनको लक्ष्य

ई-खेलकुद २०७८ माघ ५ , बुधबार ११:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि जित्न नेपाल पुलिस क्लबले १ सय ५८ रनको चुनौती पाएको छ । किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी विभागीय डर्बीको फाइनलमा एपीएफले पुलिससामु मध्यम लक्ष्य दिएको हो । टस हारेर ब्याटिङमा उत्रिएको एपीएफ एक बल अगावै १ सय ५७ रनमा समेटिएको थियो । उसको ईनिङसमा अमरसिंह राउटेलाले सर्बाधिक २९ रन बनाएको एपीएफको ईनिङसमा लोकेश बमले २७ रन बनाए । सन्दिप जोराले २४,कप्तान शरद भेषावकरले १९ र भुवन कार्कीले १७ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पुलिसका दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३ तथा तथा गुल्सन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्रसिंह कार्कीको नाममा एक एक विकेट रह्यो ।
दुबै टोली अपराजित रहँदै प्रतियोगीताको फाइनलमा पुगेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?