Logo

उपाधिका लागि पुलिसले पायो १ सय ६ रनको झिनो लक्ष्य

ई-खेलकुद २०७७ फागुन २९ , शनिबार ११:०३ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौ मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगीताको उपाधि जित्न नेपाल पुलिसले १ सय ६ रनको सामान्य चुनौती पाएको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको एपीएफ २९ दशमलव ४ ओभरमा १ सय पाच रनमा समेटिएपछि पुलिसले उपाधिका लागि सहज लक्ष्य पाएको हो ।
बसन्त रेग्मीले सर्बाधिक २२ रन बनाएको एपीएफको ईनिङसमा अमरसिंह राउटेला र सन्दिप जोराले समान १८ र भुवन कार्कीले १४ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । माथिल्लो क्रमका ब्याट्सम्यानले कमजोर प्रर्दशन गरेपछि एपीएफ सामान्य स्कोरमा समेटिएको हो । माथिल्ला क्रमका शंकर रानाले ४ रन बनाएको एपीएफका लागि कप्तान शरद भेषावकर र आसिफ शेखले खाता नै खोल्न सकेनन् ।
उसलाई न्युन स्कोरमा समेट्न गुल्सन झा र सागर ढकालले ४ तथा पवन सर्राफ र ललित नारायण राजवंशीले समान एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?