Logo

उज्वेकिस्तानलाई हराउदै नेपाल दोस्रो पटक च्याम्पियन

ई-खेलकुद २०७८ पुस १३ , मंगलबार ०२:१२ मा प्रकाशित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । लगातार दोस्रो पटक उपाधि उचाल्ने क्रममा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटले पराजित गर्यो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा पहिलो सेट २५–२३ ले जितेको नेपालले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो सेटमा २५–१५ को जित निकालेपनि प्रतिस्पर्धात्मक बनेको चौथो सेट २२–२५ ले गुमाएको थियो । पाँचौ तथा निर्णायक सेट १५–१० ले जित्दै नेपालले उपाधि रक्षा गरेको हो ।

योसँगै नेपालल प्रतियोगिताभर अपराजित रह्यो । समूहचरणका पाँचै खेलमा जित निकाल्दै नेपाली महिला टोली समूह विजेताका रुपमा फाइनल पुगेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?