Logo

ईन्टरको उपाधि यात्रा बलियो बन्दै

ई-खेलकुद २०७७ चैत्र ३० , सोमबार ०६:०४ मा प्रकाशित

एजेन्सी । ईन्टर मिलानले ईटालियन सिरि ए फुटबलको उपाधि यात्रा सहज बनाएको छ । ३० औ चरणको खेलमा गएराती काग्लीयारीलाई १–० ले हराउदै ईन्टरले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको हो । घरेलु मैदानमा ईन्टरलाई संर्घषपुर्ण जित दिलाउन माटियो डार्मीनले ७७ औ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा ईन्टरले पाएका आधा दर्जनभन्दा बढि अवसर खेर फालेको थियो । ३० खेलबाट ईन्टरको ७४ अंक भएको छ ।
गएराती नै युभेन्टसले जिनोआलाई ३–१ गोल अन्तरले पराजित गर्यो । यो जितसंगै युभेन्टसले दोस्रो स्थानको एसी मिलानसंगको दुरी १ अंकमा कायम गरेको छ । नापोलीले साम्पडोरियालाई २–० ले हराउदा लाजियोले हेल्लास भेरोनालाई तथा रोमाले बोलोग्नालाई समान १–० ले स्तब्ध पारे ।
अर्को खेलमा एटलान्टाले फियोरेन्टिनालाई ३–२ गोल अन्तरले हरायो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?