Logo

ईण्डिया र अष्ट्रेलियाबिचको अन्तिम टी–२० क्रिकेट आज

ई-खेलकुद २०७७ मंसीर २३ , मंगलबार ०७:१२ मा प्रकाशित

एजेन्सी । ईण्डिया र अष्ट्रेलियाबिचको तेस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेट आज हुदैछ । सिड्नीमा हुने खेल नेपाली समयानुसार दिउँसो २ बजे सुरु हुनेछ । तीन म्याचको सिरिजमा यसअघि नै भ्रमणकारी ईण्डियाले आफ्नो पक्षमा पारिसकेको छ । आजको खेलमा पनि जित निकाल्दै ईण्डिया सिरिज क्लिनस्वीप गर्ने योजनामा रहेको छ । घरेलु टोली भने सिरिजमा सान्त्वना जितको खोजीमा रहेको छ । पछिल्ला पाँच टी–२० क्रिकेटमा अपराजित रहेको ईण्डिया आफ्नो त्यो यात्रालाई निरन्तरता दिने योजनामा रहेको छ । कंगारु टोलीलाई पनि आफ्नो साख जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ ।
ट्वान्टी–२० सिरिजपछि यी दुई राष्ट्रबिच ४ म्याचको टेष्ट सिरिज पनि हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?