Logo

ईण्डियाबिरुद्ध अष्ट्रेलियाको शानदार जित

ई-खेलकुद २०७७ मंसीर १२ , शुक्रबार ०६:११ मा प्रकाशित

एजेन्सी । ईण्डियाबिरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली अष्ट्रेलिया बिजयी भएको छ । भ्रमणकारी टोलीलाई ६६ रनले हराउदै अष्ट्रेलियाले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो ।
३ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा ईण्डियाले ८ विकेट गुमाएर ३ सय ८ रन मात्र बनाउन सक्यो । हार्दिक पाण्डेयाले सर्बाधिक ९० रन बनाएको ईण्डयाको ईनिङसमा शिखर धवनले ७४, मयांक अग्रवालले २२, कप्तान विराट कोहलीले २१ र लोकेश राहुलले १२ रन बनाए । नभदिप सैनी २९ रनमा अबिजित रहदा रबिन्द्र जडेजाले २५ र महम्मद सामीले १३ रन जोडे ।
अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा जस हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्सको नाममा १ विकेट रह्यो ।
यसअघि सिड्नीमा पहिले ब्याटिङ गरेको कंगारु टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रनको बिशाल योगफल तयार पारेको थियो । कप्तान एरोन फिन्चले १ सय १५ र स्टेभन स्मिथले १ सय ५ रन बनाएको उसको ईनिङसमा डेभिड वार्नरले ६९ र ग्लेन म्याक्सवेलले ४५ रनको योगदान गरे । एलेक्स केरी १७ रनमा अबिजित रहे ।
ईण्डियाका महम्मद सामीले ३ तथा जसप्रित बुमराह, नभदिप सैनी र युजबेन्द्र चहालले समान एक विकेट लिए ।
यी दुई राष्ट्रबिचको दोस्रो एकदिवसीय क्रिकेट आईतबार सिड्नीमै हुदैछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?