Logo

ईटाली युरोकप फुटबलको नकआउट चरणमा

ई-खेलकुद २०७८ असार ३ , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा गएराती भएको खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले हराउदै ईटालीले नकआउट चरणको यात्रा तय गरेको हो ।
ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो । २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । उनैले खेलको ५२ औं मिनेटमा गोल गर्दै इटालीलाई २–० को अवस्थामा पुर्याए । खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गरेपछि इटाली सहज विजयी बन्यो ।
यो जितसंगै इटाली लगातार १० खेलमा अपराजित रहेको छ । उ जारी युरोकपको नकआउट चरण प्रबेश गर्ने पहिलो टोली बनेको छ । लगातार दोस्रो जितसंगै इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यसै समुहको अर्को खेलमा वेल्सले टर्कीमाथि २–० गोलको जित निकाल्यो ।
अजरबैजानमा भएको खेलमा वेल्सलाई जिताउन आरोन राम्से र कनर रोवर्ट्सले समान एक–एक गोल गरे ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?