Logo

ईङल्याण्ड समुह विजेता, क्रोएसीया उपविजेता बन्दै नकआउटमा

ई-खेलकुद २०७८ असार ९ , बुधबार ०६:०६ मा प्रकाशित

एजेन्सी । इंग्ल्यान्ड र क्रोएसीया युरो कप फुटबलको नकआउट चरणमा प्रबेश गरेका छन् । समुह डी अन्तर्गतको खेलमा गएराती चेक रिपब्लिकलाई १–० ले हराउदै ईङल्याण्ड समुह विजेताका रुपमा अन्तिम १६ मा प्रबेश गरेको हो ।
वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन खेलको १२ औ मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । जारी युरो कपमा स्ट्रर्लिङको यो दोस्रो गोल हो । ३ खेलबाट २ जित र एक बराबरीसंगै ईङल्याण्ड ७ अंकमा समुह विजेता बन्यो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो । हारका बावजुतपनि चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रहदै नकआउट चरणमा प्रबेश गर्यो ।
समुह डीबाट क्रोएसिया समूह उपविजेता बन्यो । गएराती स्कटल्याण्डलाई ३–१ गोल अन्तरले हराउदै क्रोएसीयाले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्दै क्रोएसीयालाई जित दिलाए ।
स्कटल्याण्डका कलुम म्याकग्रिगोरले सान्त्वना गोल फर्काए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा क्रोएसीयाले २ गोल थप्दै जित दर्ता गरेको हो ।
३ खेलबाट ४ अंक जोडेको क्रोएसीयाले गोल अन्तरमा चेक रिपब्लिकलाई पछि पारेको हो । यो समुहबाट स्कटल्याण्ड १ अंकमा पुछारमा रहदै समुह चरणबाटै बाहिरिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?