Logo

ईङल्याण्डले श्रीलंका भ्रमण गर्ने

ई-खेलकुद २०७७ मंसीर २६ , शुक्रबार १०:१२ मा प्रकाशित

एजेन्सी । ईङल्याण्डले आगामी जनवरीमा श्रीलंका भ्रमण गर्ने भएको छ । २ टेष्टको सिरिजका लागि ईङल्याण्डको टोली दक्षिण एसिया आउन लागेको हो । ईङल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले टोलीको भ्रमण तय गरेको हो । ईङलिश टोली जनवरी २ मा श्रीलंका आउनेछ । यी दुई राष्ट्रबिचको टेष्ट सिरिज भने जनवरी १४ बाट सुरु हुनेछ । दोस्रो टेष्ट जनवरी २२ मा सुरु हुनेछ ।
गत मार्चकै लागि तय भएको सिरिज कोरोनाका कारण रोकिएको थियो । माहामारीको अवस्थामा सुधार आएसंगै ईङल्याण्डले श्रीलंका भ्रमणको नयाँ मिती तय गरेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?