Logo

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

ई-खेलकुद २०७८ माघ १५ , शनिबार १२:०१ मा प्रकाशित

पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङदी र विभागीय टोली नेपाल एपीएफ क्लब प्रतिस्पर्धामा उत्रदैछन् । पोखरा रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । दुबै टोली एकअर्कालाई हराउँदै उपाधि जित्ने योजनाका साथ मैदान उत्रनेछन् ।
आहा रारा गोल्डकपको सर्बाधिक सफल टोली मनाङ विभागीय टोलीलाई हराउँदै सातौं पटक उपाधि उचाल्ने प्रयासमा हुनेछ । दोस्रो पटक फाइनल पुगेको एपीएफ भने पहिलो उपाधिको खोजीमा हुनेछ । यसअघि हिजो भएको प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका थिए । मनाङका प्रशिक्षक फुजा तोपेले बलियो टोली एपीएफलाई हराउन आफ्नो टोली सफल बन्ने दाबी गरेका थिए । सेमिफाइनलमा एपीएफलले मछिन्द्रलाई तथा मनाङल आर्मीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
१० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १० र उपविजेता टोलीले ५ लाख रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?