Logo

आहा रारा गोल्डकपका आज मनाङ र पुलिसको खेल

ई-खेलकुद २०७८ माघ ९ , आईतबार ०९:०१ मा प्रकाशित

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मस्र्याङदी र विभागीय नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।

बलियो यी दुई टोली एक अर्कालाई हराउँदै सेमिफाइनल प्रबेशको योजनामा रहेका छन् । यो खेलको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीचको विजेतासँग खेल्नेछ । सर्वाधिक ६–६ पटक उपाधि उचालेका मनाङ र पुलिस दुबै टोली सातौ उपाधि जित्ने लक्ष्यमा रहेका टोली हुन् ।

यसअघि हिजो भएको खेलमा अमेरिकाको बीवाईएससी मिनेसोटालाई ३–१ गोल अन्तरले हराउँदै विभागीय नेपाल एपीएफ अन्तिम चारमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?