Logo

आर्मी र सातदोबाटोको बराबरी

ई-खेलकुद २०७८ पुस २ , शुक्रबार ०४:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको पहिलो खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । खेलको १० औ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीको खाता खोलेका थिए । तर त्यसको ६ मिनेटपछि सातदोबाटोका अजायी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई बराबरीमा ल्याएका थिए । त्यसपछिको समय दुबै टोलीले कुनै गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।

बराबरीसँगै ५ खेलबाट ९ अंकसहित आर्मी तालिकाको तेस्रो स्थानमा यथावत छ । समान खेलबाट ८ अंक जोडेको सातदोबाटो भने चोथो स्थानमा उक्लिएको छ । आजै हुने अर्को खेलमा मछिन्द्र फुटबल क्लब र संकटा क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?