Logo

आर्मी र बैङलुरुबिचको खेल प्रत्यक्ष प्रशारण हुने

ई-खेलकुद २०७८ वैशाख १ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । एएफसी कप २०२१ प्लेअफको दोस्रो चरणमा हुने त्रिभुवन आर्मी र बैङलुरु फुटबल क्लबबिचको खेल प्रत्यक्ष प्रशारण हुने भएको छ । भारतको गोवास्थित जीएमसी स्टेडियममा नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुने प्रतियोगीता बैङलुरु एफसीको अफिसियल युट्युव च्यानलबाट प्रत्यक्ष प्रशारण हुने भएको हो ।https://www.youtube.com/channel/UC2BEzuBTbjuVzEdDD5Z6-Nw
पहिलो चरणको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराउदै आर्मीले दोस्रो चरणमा स्थान बनाएको हो । बैङलुरु भारतीय टिमका कप्तान सुनिल क्षेत्रीको कमानीमा रहेको टोली हो । बलियो टोली बैङलुरुलाई हराउन सके आर्मीले प्लेअफको फाईनलमा स्थान सुरक्षित गर्नेछ । फाईनल खेलको विजेताले मात्र एएफसी कपमा समुह डीमा स्थान बनाउनेछ ।
सो समुहमा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?