Logo

आर्मीले किर्गीस्तानको टोलीसंग खेल्दै

ई-खेलकुद २०७७ चैत्र १५ , आईतबार ०८:०३ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मीले नेपाल भ्रमणमा रहेको किर्गीस्तानको आलम्पिक टोलीसंग मैत्रीपुर्ण खेल खेल्दै छ । आसन्न एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको आर्मीले थ्री नेसन्स कपमा सहभागी किर्गीस्तानको टोलीसंग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे ३ बजे सुरु हुनेछ । थ्री नेसन्स कपमा किर्गीस्तान समुह चरणबाटै बाहिरिएको थियो । बंगलादेशसंग पराजित भएको टोलीले नेपालको राष्ट्रिय टोलीसंग गोलरहित बराबरीको नतिजा निकालेको थियो ।
आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल श्रीलंकाको पुलिस क्लबसंग दशरथ रंगशालामै खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?