Logo

आर्मीले किर्गीस्तानको ओलम्पिक टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने

ई-खेलकुद २०७७ चैत्र १४ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मीले नेपाल भ्रमणमा रहेको किर्गीस्तानको आलम्पिक टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । आसन्न एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको आर्मीले थ्री नेसन्स कपमा सहभागी किर्गीस्तानको टोलीसंग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेल आईतबार दिउँसो साढे ३ बजे हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
दशरथ रंगशालामा हुने खेलमा दर्शकलाई निशुल्क प्रबेशको व्यवस्था गरिएको छ । आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल श्रीलंकाको पुलिस क्लबसँग दशरथ रंगशालामै खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । सो खेल अप्रिल १४ मा हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?