Logo

आमाको देशमा खेल्न पाँउदा धेरै खुशी छु : सुनिल क्षेत्री

ई-खेलकुद २०७८ भदौ १४ , सोमबार ०८:०८ मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न भारतीय राष्ट्रिय फुटबल टोली आज काठमाण्डौ आईपुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते नेपाल र भारतबिच मैत्रीपुर्ण खेल हुनेछ ।
विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे ।
संचारकर्मीसंग क्षेत्रीले गरेको कुराकानी :

साफअगाडिको तयारी खेललाई कसरी लिनु भएको छ ?

  • नेपालमा आएर खेल्न पाउँदा खुसी छौँ । मैत्रिपूर्ण खेल खेल्न नेपालसँग त्यहि सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्व छ । मैत्रिपूर्ण खेल नेपालसँग खेल्नपाउँदा खुसी लागेको छ ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?

  • यसअघि पनि नेपालसँग खेलेका छौँ । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।

कठिन अवस्थामा भारतले साफको तयारी कसरी अगाडि बढाएईरहेको छ ?

  • अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौँ । किनभने भने हाम्रो लिग खतम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखि तयारी गरेका छौँ । सिनियर खेलाडी पनि कमैमात्र छन् । नेपालसँग हुने दुई मैत्रिपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन् । यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । केहि जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरूको प्रदर्शनबाट कोच सन्तुष्ट छन् । राम्रोभन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ ।

नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?

  • नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबा, हजुरआमा यहीबाट हुनुहुन्थ्यो । ममी पनि यहीबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?