Logo

आईसीसीको वरियतामा कुशल भुर्तेलको ठुलो छलाङ

ई-खेलकुद २०७८ वैशाख १५ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका किर्तिमानी ब्याट्सम्यान कुशल भुर्तेलले अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको टि–२० वरियतामा ठुलो छलाङ मारेका छन् । केहि समयअघि मात्र वरियतामा प्रबेश गरेका भुर्तेल टी–२० ब्याट्सम्यानको वरीयतामा ३२ स्थान माथि उक्लदै ६१ औ स्थानमा आईपुगेका हुन् । अघिल्लो साता उनी ९३ औ स्थानमा रहदै वरियतामा प्रबेश गरेका थिए । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजमा खेलेका ५ मध्ये ४ खेलमा अर्धशतक बनाउदै कुशलले किर्तिमान बनाएका थिए ।
उनले पाँच खेलमा २ सय ७८ रन प्रहार गरेका थिए । नेदरल्यान्डविरुद्धको फाइनलमा उनले ७७ रन प्रहार गर्दै टोलीलाई उच्च योगफलसम्म पुर्याउन महत्वपुर्ण योगदान गरेका थिए । ब्याटिङ वरीयतामै नेपालका अलराउण्डर पारस खड्का ८८ औं स्थानमा छन् । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । टी–२० बलिङतर्फ सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन् । नेपाल टी–२० वरीयतामा १४ औं स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?