Logo

आईपीएलको १४ औ संस्करण अप्रिल ९ बाट

ई-खेलकुद २०७७ फागुन २३ , आईतबार ०३:०३ मा प्रकाशित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आगामी अप्रिल ९ बाट सुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले प्रतियोगीता अप्रिल ९ देखी मे ३० सम्म गर्ने निर्णय गरेको हो ।
यसबर्षको प्रतियोगीता भारतकै बिभिन्न ६ शहरमा हुने बिसीसीआईले जनाएको छ । यसबर्षका खेलहरु चेन्नई, अहमदाबाद, बैङलोर, दिल्ली, मुम्बई र कोलकत्तामा हुने छ । आसन्न आईपीएलको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । यो खेल चेन्नईमा हुनेछ । प्रतियोगीताका लागि फ्रेन्चाईज सबै टोलीले यसअघि नै अक्सनमार्फत खेलाडी छनोट गरिसकेका छन् । आगामी सिजनको आईपीएलमा नेपालका कुनै खेलाडी रहने छैनन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?