Logo

अष्ट्रेलियाले ईण्डियालाई दियो १ सय ८७ रनको चुनौती

ई-खेलकुद २०७७ मंसीर २३ , मंगलबार ०३:१२ मा प्रकाशित

एजेन्सी । ईण्डियाबिरुद्धको तेस्रो तथा अन्तिम टि–२० क्रिकेटमा अष्ट्रेलियाले १ सय ८७ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । सिड्नीमा टस जितेको ईण्डियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रनको सम्मानजनक योगफल तयार पारेको हो । म्याथु वादेले सर्बाधिक ८० रन बनाएको कंगारु ईनिङसमा ग्लेन म्याक्सवेलले ५४ र स्टेभन स्मिथले २४ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
ईण्डियाका वासिन्टन सुन्दरले २ तथा टि नजराजन र सारदुल ठाकुरले समान एक विकेट लिए । मार्ट सोर्ट रन आउट भए ।
३ म्याचको सिरिज यसअघि नै भ्रमणकारी टोली ईण्डियाले आफ्नो पक्षमा पारिसकेको छ । अष्ट्रेलिया भ्रमणका क्रममा यी दुई राष्ट्रबिच ४ म्याचको टेष्ट सिरिज पनि हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?