Logo

अष्ट्रेलियाबिरुद्ध सुरुवाती सेटमा ४ खेलाडी परिवर्तन

ई-खेलकुद २०७८ जेठ २८ , शुक्रबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियाबिरुद्धको सुरुवाती सेटमा ४ खेलाडी परिवर्तन गरेका छन् । जोर्डनबिरुद्धको खेलमा सुरुवाती सेटमा रहेका अन्जन बिष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङलाई बेन्चमा राख्दै प्रशिक्षक अलमुताईरीले प्लेईङ सेट तयार पारेका हुन् ।
बिशाल राई र एरिक बिष्टलाई मिडफिल्डमा ल्याउदा डिफेन्समा गौतम श्रेष्ठ र फरवर्डमा नवयुग श्रेष्ठले मौका पाएका छन् । ४–३–३ को रणनितीमा मैदान उत्रने टोलीको कमानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । डिफेन्समा रोहित चन्द, गौतम श्रेष्ठ, सुमन अर्याल र अनन्त तामाङ रहने छन् ।
पुजन उपरकोटी, एरिक बिष्ट र बिशाल राई मिडफिल्डमा रहदा नवयुगलाई सुमन लामा र सुनिल बलले अग्रपक्तिमा साथ दिनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?