Logo

अष्ट्रेलियाबिरुद्धको टेष्ट सिरिज ईण्डियालाई

ई-खेलकुद २०७७ माघ ६ , मंगलबार ०३:०१ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भ्रमणकारी टोली ईण्डियाले जितेको छ । चाैथाै तथा निर्णायक टेष्टमा घरेलु टोलीलाई ३ विकेटले हराउदै ईण्डियाले चार म्याचको सिरिज २–१ ले जितेको हो । तेस्रो टेष्ट बराबरीमा सकिएको थियो । ब्रिसबेनमा अष्ट्रेलियाले दिएको ३ सय २८ रनको लक्ष्य भ्रमणकारी टोलीले दिनको अन्तिम समयमा ७ विकेट गुमाएर पुरा गरेको हो । उसलाई संर्घषपुर्ण जित दिलाउन सुबमन गिलले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्त ८९ रनमा नटआउट रहे । चेतेश्वर पुजाराले ५६ रन जोड्दा कप्तान अजिन्का रहानेले २४ रन बनाए । अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५ रन बनाएका थिए । डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रन बनाए । ईण्डियाका मोहमद सिराजले ५ विकेट लिए । सार्दुल ठाकुरले ४ विकेट लिए । ईण्डियाले पहिलो इनिङ्समा ३ सय ३६ रन बनाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?