Logo

अष्ट्रेलियाबिरुद्धको टी–२० सिरिज ईण्डियालाई

ई-खेलकुद २०७७ मंसीर २१ , आईतबार ०६:१२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको टी–२० सिरिज भ्रमणकारी ईण्डियाले आफ्नो पक्षमा पारेको छ । दोस्रो खेलमा घरेलु टोलीलाई ६ विकेटले हराउदै ईण्डियाले ३ म्याचको सिरिजमा २–० को अग्रता बनाएको हो । अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य ईण्डियाले २ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो ।
उसको जितमा शिखर धवनले ५२ रनको योगदान गरे । हार्दिक पाण्डेय ४२ र श्रेयस ऐर १२ रनमा अबिजित रहे । कप्तान बिराट कोहलीले ४० र लोकेश राहुलले ३० रन बनाए । अष्ट्रेलियाका डानिल साम्स, एन्ड्रयु टे,मिचेल स्विपसन र एडम जाम्पाले समान एक विकेट लिए ।
यसअघि सिड्नीमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय ९४ रनको उच्च योगफल तयार पारेको थियो । कप्तान म्याथ्यु वादेले ५८ रन बनाको कंगारु ईनिङसमा स्टिेभन स्मिथले ४६ र मोइसेस हेन्रिक्सले २५ रन बनाए । ग्लेन म्याक्सवेलले २२ र मार्कुस स्टोनिसले अविजित १६ रन जोडे । ईण्डियाका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान एक विकेट लिए । योसंगै ईण्डियाले एक खेल अगावै वन डे क्रिकेटमा भोगेको हारको बदला समेत लिएको छ ।
दुई राष्ट्रबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?