Logo

अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि मेदभेदेव र जोकोभिच भिड्ने

ई-खेलकुद २०७७ फागुन ७ , शुक्रबार ०७:०२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि सर्बियन नोभाक जोकोभिच र रसियन डानिल मेदभेदेव भिड्ने भएका छन् । मेलबर्नमा आज भएको दोस्रो सेमिफाईनलमा ग्रीसका स्टेफानोस सितसिपासलाई सोझो सेटले हराउदै मेदभेदेवले जोकोभिचसंगको उपाधि भेट पक्का गरेका हुन् ।
सितसिपासको चुनौती सहजै पन्छाउने क्रममा मेदभेदेवले ६–४, ६–२ र ७–५ को नतिजा निकाले । उपाधिका लागि जोकोभिच र मेदभेदेवबिचको प्रतिस्पर्धा आईतबार हुनेछ् । महिला एकलतर्फको उपाधिका लागि भने भोली जापानी नाओमी ओसाका र अमेरिकी जेनिफर ब्राडी प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?