Logo

अमेरिका जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

ई-खेलकुद २०७९ जेठ १४ , शनिबार ०६:०५ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिज खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । अमेरिका, ओमान र नेपालबीचको सिरिज खेल्न त्यसतर्फ जाने टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित क्यानका पदाधिकारीले खेलाडीको बिदाई गरेको हो । टोली आजै राती अमेरिका प्रस्थान गर्नेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी रहेका छन् ।
सिरिजको आफ्नो पहिलो खेलमा नेपालले जुन ९ मा ओमानसँग खेल्नेछ । दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्ने नेपालले तेस्रो खेलमा ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका छ । नेपालले लिग टु अन्तर्गत चौथो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले खेलेका १२ खेलमध्ये ६ खेलमा जित र समान हार भोगेको छ । नेपाल १२ अंकमा तालिकाको छैटौं स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?