Logo

अफगान बलर मुजिवरलाई कोरोना सक्रमण

ई-खेलकुद २०७७ मंसीर १९ , शुक्रबार ०४:१२ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानका लेग स्पिनर मुजिवर रहमानलाई कोरोना सक्रमण पुष्टि भएको छ । आसन्न बिग बास लिग क्रिकेटका लागि अष्ट्रेलिया पुगेका १९ बर्षिय बलर रहमानको हिजो स्वाव परिक्षण गरिएको थियो । आज आएको रिर्पोटमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । आसन्न बिग वासमा उनी ब्रिस्बेन हिटमा अनुबन्धीत रहेका छन् ।
होटल क्वारेन्टिनमा रहेका उनलाई कोरोना सक्रमण देखिएलगत्तै गोल्ड कोस्ट युनिभर्सिटी अस्पाताल भर्ना गरिएको छ । क्विन्सल्याण्डमा देखिएको २ सक्रमण मध्ये रहमान एक हुन् ।
अफगानिस्तानका युवा बलर रहमानले एक टेष्ट र ३२ ट्वान्टी २० खेलिसकेका छन् । उनी टि–२० को बलरतर्फ विश्व बरियतामा दोस्रो स्थानमा रहेका छन् ।
बिग वासको पहिलो खेलमा ब्रिस्वेनले डिसेम्बर ११ मा मेलबर्न स्टार्ससंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?