एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम क्वार्टरफाईनलमा आज म्यानचेष्टर सिटी र लियोन प्रतिस्पर्धा गर्दैछन् । लिस्बोनमा नेपाली समयानुसार राती पौने १ बजे सेमिफाईनलको योजनामा यी टोली एकअर्काबिरुद्ध प्रतिस्पर्धामा उत्रनेछन् । लियोनबिरुद्ध मैदान उत्रदा सिटी भरपर्दा स्टाईकर सर्जियो अगुईरो बिनै मैदान उत्रनेछ । गत जुनमा घुँडाको शल्यक्रिया गराएका अगुईरोले लियोनसंगको खेल गुमाउने प्रशिक्षक पेप ग्वार्डीओलाले बताएका छन् । प्रिक्वार्टरफाईनलमा सिटीले रियल मड्रिडलाई तथा लियोनले युभेन्टसलाई हराउदै अन्तिम आठमा स्थान बनाएका थिए ।
आजको विजेताले फाईनल प्रबेशका लागि बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले गएराती बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउदै सेमिफाईनलमा स्थान सुरक्ष्ँित गरेको थियो । च्याम्पियन्स लिगमा मंगलबारबाट सेमिफाईनल चरणका खेल सुरु हुनेछन् । पहिलो सेमिफाईनलमा आरबी लाईपजिग र पेरिस सेन्ट जर्मेन पिएसजी आमने सामने हुनेछन् । फाईनल खेल अगष्ट २४ मा हुनेछ ।