Logo

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग नेपाल पराजित

ई-खेलकुद २०७८ चैत्र १० , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल, बलियो टोली थाईल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबरीमा भएको खेलमा नेपाली टोली घरेलु टोलीसँग २–० ले पराजित भएको हो । थाईल्याण्डलाई जिताउन फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे । खेलको ७८ औं मिनेटसम्म घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको नेपालले त्यसपछि भने लय गुमाएको थियो । खेलमा अधिकांश समय नेपालमाथी दबाव बनाएको थाईल्याण्डले ७८ औं मिनेटमा फिलिपको गोलमा अग्रता बनाएको थियो ।
नियमित समयको खेल सकिन १ मिनेटअघि विराचार्टले थाईल्याण्डको अग्रता दोब्बर पारे । रक्षात्मक खेल खेलेको नेपालले थाईल्याण्डको तुलनामा कमै अवसर पाएको थियो । थाईल्याण्डका दर्जनबढि थप अवसर भने खेर गएका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो । नेपालले थाइल्याण्डको पुर्व लिग च्याम्पियन क्लब चोनबरी एफसीसँग आईतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?