Logo

अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा आज २० खेल हुदै

ई-खेलकुद २०७७ कात्तिक २६ , बुधबार ०३:११ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा आज बिभिन्न ४० मुलुक प्रतिस्पर्धामा उत्रदैछन् । आजका लागि २२ खेल तय भएपनि अल्बानिया र जिब्राल्टर तथा कुवेत र आर्मेनियबिचको खेल स्थगीत भएपछि २० खेल हुन लागेको हो । आज पोर्चुगलले एण्डोरासंग खेल्नेछ । लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने खेल नेपाली समयानुसार राती साढे १ बजे सुरु हुनेछ । सिरि ए फुटबल अन्तर्गत लाजियोसगको खेलका क्रममा घाईते भएको पोर्चुगीस स्टार क्रिष्टियानो रोनाल्डो आजको खेलमा मैदान उत्रने संभावना रहेको छ । उनी हिजोबाट प्रशिक्षणमा फर्किएका छन् ।
अर्को खेलमा फ्रान्सले राति १ः५५ बजे फिनल्याण्डसँग त्यस्तै बेल्जियम र स्वीट्जरल्याण्डपनिराती साढे १ बजे आमने सामने हुनेछन् । सोही समय नेदरल्याण्ड्स र स्पेन एक–अर्काविरुद्ध मैदान उत्रनेछन् । त्यस्तै जर्मनी र चेक रिपब्लिक, इटाली र स्टोनियाले पनि सोहि समयमा प्रतिस्पर्धा गर्नेछन् । स्वीडेन र डेनमार्कबीचको खेल भने राती सबा १२ बजे सुरु हुनेछ ।
अन्य खेलहरुमा ग्रीस र साईप्रस, कोसोभो र अल्बानिया,लिथुनिया र फारोई आईसल्याण्ड तथा माल्टा र लिचेष्टाईन प्रतिस्पर्धा गर्नेछन् । मोन्टेनेग्रो र काजाकास्तान, नर्बे र ईजरेल, रोमानिया र बेलारुस तथा सान मारिनो र लात्भििया पनि एकअर्का बिरुद्ध मैदान उत्रनेछन् । क्रोएसिया र टर्की, अष्ट्रिया र लब्जेम्बर्ग, पोल्याण्ड र युक्रेन तथा स्लोभानिया र अजरबैजान पनि प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?