Logo

अन्डर १९ राष्ट्रिय क्रिकेट : वागमती र सुदुरपश्चिमको जित

ई-खेलकुद २०७८ मंसीर १४ , मंगलबार ०५:११ मा प्रकाशित

काठमाडौं । १९ बर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत आजको खेलमा वागमती प्रदेश र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् । कर्णाली प्रदेशलाई १ विकेटले हराउदै वागमतीले फाइनल प्रबेशको संभावना जिवितै राखेको हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य वागमतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । बागमतीले खेलेका पाँच मध्ये २ खेलमा जित निकालेको छ । चौथो हारसंगै कर्णालीको यात्रा भने समूहचरणमै सिमित भएको छ । वनगमतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रन जोडे । क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे । कर्णालीका अनुज चुनाराले सर्वाधिक ५ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २७ दशमलब १ ओभरमा ७८ रनमा समेटिएको थियो । निश्चल रावलले बनाएको १५ रन उसको ईनिङसको सर्बाधिक स्कोर रह्यो । सन्दीप शाही १४ र विपिन रावलले १२ रन बनाए । वामतीका गौतम केसीले ४ तथा विशाल यादवले ३ विकेट हात पारे ।
अर्को खेलमा सुदुरपश्चिम प्रदेशले गढडकी प्रदेशलाई ४ विकेटले हराउदै फाइनल प्रबेशको संभावना कायमै राखेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदुरपश्चिमले ४ बल अगावै ६ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा अर्जून साउदले सर्वाधिक ६८ रनको योगदान गरे । राहुल भण्डारी ४२ रनमा अविजित रहँदा कप्तान खड्ग बोहोराले ४० रन जोडे । गण्डकीका सुवास भण्डारीले ३ तथा सुदिप अर्यालले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा अलआउट हुदै २ सय ९ रन जोडेको थियो । गण्डकीका लागि दिपक डुम्रेले सर्वाधिक ५६ रन जोड्दा उत्सव श्रेष्ठले ४० रन बनाए । सुदुरपश्चिमका कैलाश ऐरीले ३ तथा आकाश चन्द र गजेन्द्र बोहोराले समान दुई–दुई विकेट हात पारे । आजको नतिजासँगै सुदुरपश्चिम, बागमती, प्रदेश दुई र गण्डकी प्रदेशको समान ४ अंक भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?