Logo

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनीको तेस्रो जित

ई-खेलकुद २०७८ मंसीर ११ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी १९ बर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशले तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा वागमती प्रदेशलाई ३ विकेटले हराउदै लुम्बिनीले फाइनल प्रबेशको संभावना बलियो बनाएको हो । वागमतीले दिएको १ सय ९४ रनको चुनौती लुम्बिनी प्रदेशले १९ बल अगावै ७ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा कप्तान देव खनालले सर्वाधिक ६७ रनको योगदान गरे । प्रज्वल थापाले ३४ र वासिर अहमदले अबिजित ३१ रन बनाए । वागमतीका गौतम केसीले ३ तथा प्रतिस जिसी, क्रिस कार्की र तिलक भण्डारीले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको वागमती प्रदेशले ४७ ओभरमा सबै विकेट गुमाउदै १ सय ९३ रनको योगफल तयार पारेको थियो । वागमतीका लागि विवेक मगरले ४०, प्रशान्त महतले ३६ तथा विपिन शाहीले २४ रन जोडे । लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट झारे । मोहम्मद हुसेन र कमल वलीको नाममा दुई दुई विकेट रह्यो । दुर्गेश गुप्ता र राहुल चौधरीले एक–एक विकेट हात पारे । ४ खेलबाट लुम्बिनीको ६ अंक भएको छ । वागमतीको भने यो दोस्रो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?