Logo

अन्डर–१९ एसियाकपको खेलमा भोली नेपाल र बंगलादेश भिड्दै

ई-खेलकुद २०७८ पुस ७ , बुधबार ०६:१२ मा प्रकाशित

काठमाडौं । युएईमा भोलीबाट सुरु हुने १९ बर्षमुनीको एसियाकप क्रिकेटमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । युएईको सारजाहस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ । टेष्ट राष्ट्र बंगलादेशविरुद्व मैदान उत्रदा नेपाल बलियो चुनौती दिने योजनामा हुनेछ । तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी पाएको बंगलादेश भने आफ्नो लय अनुसारको खेल खेल्ने योजनामा छ । पछिल्ला पाँच भेटमा आफु अनुकुलको नचिजा निकालेको बंगलादेश पहिलो खेलबाटै आफ्ना विजयी यात्रा तय गर्ने प्रयासमा हुनेछ । भर्खरै सकिएको राष्ट्रिय प्रतियोगीताबाट निखारिएको नेपाली टोली एसियाकप क्रिकेटको अन्डर डग टोलीका रुपमा समेत रहेको छ । उमेर समूहका प्रतियोगीताहरुमा टेष्ट राष्ट्रमाथी निकालेका जितले पनि टोलीको मनोबल उच्च छ । कम्तीमा प्रतियोगीताको सेमिफाइनल पुग्ने लक्ष्यका साथ युएई पुगेको नेपाली किशोर टोली पहिलो खेलबाटै आफ्नो लक्ष्य निर्धारण गर्न चाहान्छ । राष्ट्रिय टोलीको जर्सी लगाईसकेको गुल्सन झा तथा अनुभवी खेलाडीहरु शेर मल्ल, दिपेश कँडेल, तिलकराज भण्डारी टोलीमा रहेकाले पनि टोलीको आत्मबल उँचो छ । नेपाली टोली देव खनालको कमानीमा मैदान उत्रनेछ ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?