एजेन्सी । बार्सिलोनाका युवा स्टाईकर अंशु फाती कम्तीमा तीन महिना मैदान उत्रन नसक्ने भएका छन् । स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको रियल बेटिसबिरुद्धको खेलका क्रममा घाईते भएको फातीलाई ३ देखी ५ महिना मैदानबाहिर राख्न चिकित्सकले सुझाएका हुन् ।
बेटिसबिरुद्धको खेलको ३१ औं मिनेटमा फातीमाथि खराब ट्याकल भएको थियो । पहिलो हाफ कष्टपुर्ण रुपमा मैदानमा बिताएका उनले दोस्रो हाफमा मैदानबाट बिदा लिएका थिए । १८ वर्षीय फातीले घुँडामा चोट बोकेको बार्सिलोनाले जनाएको छ ।
घाइते भइ मैदानबाट बिदा लिएका फातीको परीक्षण गर्दा उनले तीनदेखि पाँच महिनासम्म मैदानबाहिर रहनसक्ने अवस्था रहेको बार्सिलोनका चिकित्सक डा. रिपोलले जनाएका हुन् । उनको चोट निको हुन कम्तीमा ३ देखी ५ महिना लाग्ने रिपोलले उल्लेख गरेका छन् ।