Logo

१९ औ संस्करणको आहा रारा गोल्डकप आज सुरु हुदै

ई-खेलकुद २०७७ चैत्र २१ , शनिबार ०७:०४ मा प्रकाशित

पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९ औ संस्करण आज सुरु हुदैछ । पोखरा रंगशालामा हुने प्रतियोगीताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । दुबै टोली प्रतियोगीतामा सुखद सुरुवात गर्दै अघिल्लो चरण प्रबेशको योजनामा रहनेछन् ।
प्रतियोगीतामा एक विदेशीसहित ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा आयोजक साहारा क्लबसंगै नेपाल एपीएफ, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन सहभागी रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उप–विजेता टोलीले पाँच लाख एक हजार हात पार्नेछ ।

आहा रारा गोल्डकप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?