Logo

१३ औ दक्षिण एसीयाली खेल : अन्तिमको तयारीले पुरानै नियती

ई-खेलकुद २०७६ मंसीर ४ , बुधबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । नेपालमा आयोजना हुन लागेको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागको औपचारिक उद्घाटन हुन १० दिन मात्र बा“कि रहदा नेपालको ब्यवस्थापकिय प्रगती पुरानै ढर्रामा अघि बढेको छ । प्रतियोगीताको उद्घाटनका दिनसम्ममा पनि प्रबलीकरणको काम नसकिने संकेतका बिच राष्ट्रिय खेलकुद परिषद राखेपले मुख्य आयोजनास्थल दशरथ रंगशालाको निर्माणलाई जारी राखेको छ । समयमा आवश्यक सामाग्रीको ब्यबस्थापनमा चुक्नु मात्र नभई युवा तथा खेलकुद मन्त्रालयले कार्यबिधी पारित गर्न गरेको ढिलाईको प्रतिफल पछिल्लो अस्तब्यस्तताले पुष्टि गरेको छ । आफैले तयार पारेको कार्ययोजनामा सरोकारवाला निकाय असफल बन्दा प्रतियोगिताको मिति नजिकिएसंगै आयोजनास्थलको ब्यबस्थापनको काममा सास्ती बढेको हो । राखेप सदस्यसचिव रमेश सिलवाल भने लक्ष्य अनुरुपकै तयारी अघि बढेको दाबी गर्दै अबको एक सातामा आयोजना स्थलका सम्पुर्ण काम सकिने र नेपाल प्रतियोगीताका लागि पुर्ण रुपमा तयार रहने उल्लेख गर्नुभयो ।
सदस्यसचिव सिलवालले यस्तो दाबी गरिरहदा उद्घाटन र समापन हुने दशरथ रंगशाला तथा पोखरा रंगशालाको अवस्थाले धेरै आशंका उब्जाएको छ । दशरथ रंगशालामा भीआईपी प्याराफिटतर्फको छानो हाल्ने काम अहिले धमाधम भईरहेको छ । जनकपुरमा हुने भनिएको कुस्ती प्रतियोगीताको स्थलले पनि अन्तराष्ट्रिय मापदण्ड पाउन मुस्किल देखीएको छ । भारोत्तोलनका लागि पोखरामा स्थान अभाव देखिएपछि पार्टी प्यालेसमा गर्ने निश्चित भएको छ । राष्ट्रकै प्रतिष्ठासंग जोडिएको सागको ब्यबस्थापनमा त्रुटि देखीएको स्वीकार्न सरकोकारवाला भने तयार छैनन् ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले समग्र प्रतियोगीताको तयारी पुरा भएको र फाईनल सेटका लागि सोहि अनुसारको काम भईरहेको उल्लेख गर्नुभयो । निर्माणाधिन रंगशालासंगै अन्य खेलका लागि नेपालले तयार पारेका भेन्युले सात मुलुकबाट आउने खेलाडीलाई कसरी स्वागत गर्छ र त्यसमा उनीहरुको प्रतिक्रिया के रहन्छ भन्ने बिषयले आयोजकको समग्र तयारीको उत्तर दिनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?