Logo

१३ औ दक्षिण एसियाली खेलकुदको पदक तालिकामा नेपालको शानदार सुरुवात

ई-खेलकुद २०७६ मंसीर १६ , सोमबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा जारी १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । दशरथ रंगशालामा हिजो औपचारिक उद्घाटन भएपछि आज सुरु भएका कराते र तेक्वान्दोका स्पर्धामा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण हात पारेको हो ।
करातेको पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाए । त्यसअघि चञ्चला दनुबारले एकल कातामा रजत हात पारेकी थिईन् । सिनियर महिला टिम कातामा पनि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले नेपाललाई स्वर्ण दिलाए ।
पुरुष टिम कातामा पनि श्रीलंकालाई हराएर नेपालले स्वर्ण पदक हात पार्यो । तेक्वान्दोको ब्यक्तिगत पुम्सेमा सिना लिम्बु मादेनले स्वर्ण हात पार्दा पुरुषतर्फ सोहि स्पर्धामा कमल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।
पोखरामा भएको ट्रायथलनमा सोनु गुरुङले नेपाललाई स्वर्ण दिलाईन् । हालसम्म नेपालले ५ स्वर्ण २ रजत र २ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?